हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानविन समिति बनाइने

हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानविन समिति बनाइने

कहिरन समाचार

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले हेलिकप्टर दुर्घटनाबारे छानबिनका लागि समिति गठन गर्ने बताएका छन् ।

किरातीले सके आजै नभए भोलिसम्ममा छानबिन समिति बनाएर दुर्घटनाबारे अध्ययन गरिने जानकारी दिए । सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाईलट चेतबहादुर गुरुङ सहित ६ जनाकै शव भेटिएको छ । मृतकहरुको शव काठमाडौं ल्याउने तयारी भएको छ ।

आज बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा हेलिकोप्टर दुर्घटनामा हेलीकोप्टरका पाइलट र ५ जना मेक्सिकन पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् ।

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख ब्यक्त गर्दै मृतकप्रति श्रृद्धान्जली तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रदान्जली ब्यक्त गरेका छन् ।