ललिता निवास प्रकरणः सचिव राउतसहित तीन जना दुई दिन थुनामै रहने

ललिता निवास प्रकरणः सचिव राउतसहित तीन जना दुई दिन थुनामै रहने

कहिरन समाचार

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका बहालवाला सचिव सहित तीन जना थप दुइ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

आइतबार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट समातिएका सञ्चार सचिव कृष्ण बहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरे र नापी सर्वेक्षक ध्रुव प्रसाद अर्याललाई दुइ दिन हिरासतमा राख्न अनुमति लिइएको केन्द्रीय अनुुसन्धान ब्यूरो सीआइबीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआइबीले १२ जनालाई नियन्त्रणमा लिइसकेको छ । यस प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएकाहरुमाथि पनि अनुसन्धान तिब्र पारिएको सीआइबीले बताएको छ ।