फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम

फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम

कहिरन समाचार

राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।

फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ ।  तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी  गर्ने चेतावनी दिइएको छ।