देशभर डेंगीको जोखिम

देशभर डेंगीको जोखिम

कहिरन समाचार

काठमाडौं । सरकारले देशभर डेंगी रोगको जोखिम रहेको जनाएको छ । विषेशगरी दार्चुला,तराईका जिल्लाहरु र बागमती प्रदेशमा बढी जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगी इजिपटाई र एल्बोपिक्ट्स जातका एडिस लामखुट्टेले तोकेर सर्ने भाइरल संक्रमण वा रोग हो । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ ।

वर्षायाममा परेको पानी खाल्डोमा जम्ने भएकाले यो समय लामखुट्टेको वृद्धि विकास हुने र जसका कारण डेंगीले महामारीको रुप पनि लिन सक्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ । जनस्वास्थ्यविद् डा. शेर बहादुर पुनले डेंगूबाट बच्नका लागि लामखुट्टकोे टोकाइबाट नै बच्नुपर्ने बताए ।

सरकारले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि स्थानीयतहहरुसँगको समन्वयमा डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्नेलगायतका अभियानहरु सञ्चालन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।