पोखराबाट कतार सिधा उडान गर्न पत्रचार गरेपनि नेपालले प्रतिकृया नदिएको गुनासो

पोखराबाट कतार सिधा उडान गर्न पत्रचार गरेपनि नेपालले प्रतिकृया नदिएको गुनासो

कहिरन समाचार

काठमाडौं । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले कतारबाट पोखरालगायतका स्थानमा सिधा उडानका लागि पटक–पटक पत्रचार गर्दा पनि नेपालबाट कुनै प्रतिकृया नपाएको बताएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारमा भएको विदाइ भेटमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरेको तर नेपाली अधिकारीले चासो नदिएको बताएका हुन् । नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

राजदुत हेलले नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो । अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।