राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने

कहिरन समाचार

काठमाडौं । भारतको दिल्लीमा उपचार गर्दाको खर्च आफैं बेहोर्ने भनेर प्रचार गरेपनि राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रीपरिषदले राष्ट्रपतिको उपचार खर्च बेहोर्न निर्णय गरेपछि परारष्ट्र मन्त्रालयले खर्च रकम निकासाका लागि अर्थमन्त्रायमा पत्रचार गरेको पाइएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाले जनाएको छ ।

परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले हिजोको मितिमा उपचार खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको पाइएको छ । उपचार बापतको खर्च रकम ५५ लाख २ हजार २ सय ७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको पत्रमा उल्लेख छ ।

राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली लगिएको थियो । यसअघि राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले उपचार खर्च स्वयं ब्यहोर्न चाहेको भन्दै बैशाख १९ गते प्रेस नोट जारी गरेका थिए ।