ललिता निवास प्रकरणमा नक्कली मोहीसहित थप दुई जना पक्राउ

ललिता निवास प्रकरणमा नक्कली मोहीसहित थप दुई जना पक्राउ

कहिरन समाचार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले सोमबार तत्कालिन नायब सुब्बा रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

महर्जन नक्कली मोही बनेको पाइएको सीआईबीले जनाएको छ । यो प्रकरणमा पछिल्लो पटक समेत गरी ९ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका मध्ये तीन जना अदालतको स्टे अर्डर देखाएर छुटेका छन् ।

यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् ।

सीआईबीले यही आइतबार काठमाडौं महानगरका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गुरुङसहित तीन जनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन् ।