डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

कहिरन समाचार

काठमाडौं । वर्षायाममा डेंगुको संक्रमण बढेसँगै एक संक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केहिदिन अघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो ।

धरानमा डेंगु संक्रमितको संख्या बढीरहेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनका अनुसार धरानमा ७५ जनामा डेंगु पुष्टि भइसकेको छ । देशका अन्य जिल्लाहरूबाट डेंगुका केशहरू रिपोटिङको संख्या बढेको महाशाखाले जनाएको छ ।

यो वर्ष मात्रै देशभर एक हजार २४ वटा डेंगु संक्रमणको प्रतिवदेन प्राप्त भएको छ । गत वर्ष महामारीकै रुप लिने गरी संक्रमण फैलिएको डेंगु यस वर्षपनि संक्रमितको संख्या बढ्न थालेपछि थप सतर्कता अपनाउ महाशाखाले आग्रह गरेको छ । अघिल्लो बर्ष ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए ।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ । मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ ।