काठमाडौंमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने

काठमाडौंमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले घोषणा गरेका छन् । साथै एक वर्षमा कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा पनि गरिएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचनाव प्रवाह हुँदै आएकोमा अब नेपाल भाषामा पनि सूचना प्रवाह गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरिएको छ । साथै पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरिएको छ ।

मेयर साहले काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।