चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष जेल, ६ अर्ब जरिवाना

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष जेल, ६ अर्ब जरिवाना

कहिरन समाचार

काठमाडौं । विशेष अदालतले राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद सजाय ठहर गरेको छ । अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उनीहरुलाई ९ वर्षको कैद तोकेको हो ।

अदालतले महतलाई ९ वर्ष १ महीना र ढकाल र शर्मालाई ९/९ वर्ष कैद सजाय सुनाएको हो । साथै उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार कुल बिगो तिराउने ठहर गरेको छ ।

तीनैजनाबाट प्रतिव्यक्ति २ अर्ब ५ करोड २३ लाख रुपैयाँ र सोको दोब्बर जरिवाना तोकेको छ । जसअनुसार प्रतिव्यक्ति ४ अर्ब १० करोड ४६ लाख ९७ हजारभन्दा बढी रकम हुन आउँछ ।

अदालतले उनीहरुलाई जेठ १८ गते नै दोषी ठहर गरेको भएपनि सजाय निर्धारण भने आज भएको हो ।

कर फच्छ्र्योट आयोगको अध्यक्ष रहँदा महतले तथा सदस्यहरु शर्मा र ढकालले भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपितविरुद्ध २०७४ साउन १ मा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।