चार लाख घूस सहित तीन जना कर्मचारी पक्राउ

चार लाख घूस सहित तीन जना कर्मचारी पक्राउ

कहिरन समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. चार लाख घूस रकम सहित तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक, झापामा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।