शरणार्थी प्रकरण: प्रतिवादीको तर्फबाट बहस सकियो, भोली जवाफी बहस

शरणार्थी प्रकरण: प्रतिवादीको तर्फबाट बहस सकियो, भोली जवाफी बहस

कहिरन समाचार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सक्काएको अदालत प्रशासनले जनाएको छ ।

बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मि महर्जनको तर्फका कानून व्यवसायीले बहस गरेका थिए । अब जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । जवाफी बहस भोलिमात्रै हुने न्यौपानेले बताए ।

न्यायाधीश न्यौपानेले भोली २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट समयसिमा तोकिदिएका छन् । जवाफी बहसपछि न्यायधिश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर रिहा गर्ने वा साधारण तारेखमा छाड्ने गरी आदेश दिनेछ ।