अखण्ड भारतको नक्साविरुद्ध बालेन शाहको काउन्टर, राखे ग्रेटर नेपालको नक्सा

अखण्ड भारतको नक्साविरुद्ध बालेन शाहको काउन्टर, राखे ग्रेटर नेपालको नक्सा

कहिरन समाचार

काठमाडौँ । भारतले नयाँ संसद भवनमा नेपालका भू–भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काउन्टर दिएका छन् ।

मेयर शाहले आफ्नो कक्षमा ग्रेटर नेपालको नक्सा राखेर भारतलाई जवाफ दिएका हुन् । मेयर बालेन अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमै रहेका छन् । भारत जानुअघि ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका उनले फर्किएलगत्तै सार्वजनिक गर्ने योजना बनाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विराटनगर विमानस्थलमा पत्रकारसँग भारतले पनि यसलाई स्वभाभिकरुपमा लिनुपर्ने बताए । उनले नेपालले पनि सांस्कृतिक नक्सा राख्ने हैसियत रहेको बताए ।

भारतले ‘अखण्ड भारत’ को नक्सा राखेसँगै नेपालमा ग्रेटर नेपालको नक्सा चर्चामा आइरहेको छ । युवा पुस्ताले पनि यसबारेमा चासो दिइरहेका छन् । पूर्वटिस्टादेखि पश्चिम काँगडासम्म समेटेर बनाइएको नक्सा नै ग्रेटर नेपालको नक्सा हो ।

भारतले भने सांस्कृतिक नक्सा सम्राट अशोककालिन राज्य भएको भन्दै यो राजनीतिक नभएको प्रतिक्रिया दिदैआएको छ ।