सुनकोशीमा बेपत्ता गाडी र दुई जनाको शव भेटियो

सुनकोशीमा बेपत्ता गाडी र दुई जनाको शव भेटियो

कहिरन समाचार

काठमाडौं । गत शुक्रबारदेखि सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका दुईजना कर्मचारीको शव फेला परेको छ ।

मंगलबार सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ । शवसँगै गाडी पनि निकालेको छ ।

दुवै शवको सनाखत गर्न भने बाँकी रहेको छ । गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित चारजना सवार थिए।

चालक कृष्ण चौधरी घाइते थिए भने उनीहरूमध्ये एकजना अझै बेपत्ता छन‍् ।