बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई धरौटीमा रिहा

बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई धरौटीमा रिहा

कहिरन समाचार

काठमाडौं । यौन दुर्व्यवहारको आरोप खेपेका कृषि वैज्ञानिक मदन राई धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो ।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।