राजस्व चुहावट मुद्दामा चूडामणि शर्मासहित तीन जना दोषी ठहर

राजस्व चुहावट मुद्दामा चूडामणि शर्मासहित तीन जना दोषी ठहर

कहिरन समाचार

काठमाडौं । राजस्व चुहावट सम्बन्धी मुद्दामा विशेष अदालतले सहसचिव चूडामणि शर्मा सहित तीन जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले शर्मालाई दोषी ठहर गरेको हो । कर फर्स्योट आयोग मार्फत व्यापारीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अदालतले ठहर गरेको हो ।

सरकारले २०७१ सालमा कर फर्स्योट गर्न आयोग गठन गरेको थियो । त्यसमा चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए । त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए ।

त्यतिवेला कर फर्स्योट आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो ।

विशेष अदालतले शर्मासँगै आयोगका सदस्य सचिव शर्मा सहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि दोषी ठहर गरेको छ । यसमा सजाय भने पछि निर्धारण हुनेछ । सजाय निर्धारणका लागि जेठ २५ गते पेशी तोकिएको विशेष अदालतले जनाएको छ । उनीविरुद्ध ८ देखि १० वर्ष कैद हुन सक्ने बताइएको छ ।