काठमाडौं महानगरको आइडिया बैंक कार्यक्रम

काठमाडौं महानगरको आइडिया बैंक कार्यक्रम

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइडिया बैंक कार्यक्रम ल्याएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटागोरीमा आवेदन माग गरिएको जानकारी दिएका छन् ।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौं महानगरको वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रमको प्रमुख उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरमा बसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भने ।

उनका अनुसार कसैसँग आइडिया छ भने महानगरभित्र कुनै स्टार्टअप सुरू गरिएको छ र ३ वर्ष कटेको छैन साथै विद्यार्थी भए पनि महानगरको समस्या समाधानका व्यवसायमुखी आइडिया छन् भने त्यसलाई व्यवसायमा परिणत गर्न सकिनेछ ।

‘कसरी त्यसको बिजनेश प्लान बनाउने‚ इम्लिमेन्टेशन प्लान बनाउने, कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनले भने, ‘५ वटा क्याटागोरीमा आवेदन माग गरिएको छ, तपाईंलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन, महानगर तपाईंको साथमा छ ।’

उनले यस कार्यक्रममा जोडिनका लागि आवदेन दिन सकिने बताए । उने यसको आवेदन दिने अन्तिम मिति जेठ १९ गतेसम्म रहेको बताए ।