आठ महिना बित्दा पनि परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

आठ महिना बित्दा पनि परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

कहिरन समाचार

काठमाडौं । खाँटी भुटानी शरणार्थीहरूले नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले आज (सोमबार) विज्ञप्ति जारी गर्दै शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको बताएका हुन् ।

नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाँटी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाँटी भुटानीलाई गैर भुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ । राईले स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब ६ हजार पाँच यस भुटानी शरणार्थीहरू र खाँट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराएका छन् ।

भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न माग गरिएको छ ।

राईले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई पुष्टि हुनेगरि सतहमा आएको प्रकरणले खाँटी भुटानी शरणार्थीलाई गम्भीर असर पु¥याएको भन्दै भत्र्सना गरेका छन् ।