नगर प्रहरीहरूको कार्यालयमै जुवाखाल

नगर प्रहरीहरूको कार्यालयमै जुवाखाल

कहिरन समाचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू कार्यालयमै तास खेल्ने गरेको पाइएको छ ।

टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको पाइएको हो । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ ।

नगर प्रहरी निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँले कार्यालय समयमा तास खेलेको पाइएको हो । तास खेलिरहेको उनीहरूको तस्बिर बुधवार दिउँसोको भएको जनाइएको छ ।

महानगर प्रहरी बल प्रमुख नगर उपरीक्षक राजुनाथ पाण्डेले दोषीलाई कारबाही हुने बताए । उनले भने, जसले गल्ती गर्छ त्यसलाई प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।

नगरपालिकाले उक्त विषयमा आवश्यक छानबिन अघि बढाएको छ ।