अखाद्य मह उत्पादन गरी बिक्री गर्ने पक्राउ, उद्योगमा छापा

अखाद्य मह उत्पादन गरी बिक्री गर्ने पक्राउ, उद्योगमा छापा

कहिरन समाचार

काठमाडौँ । अखाद्य मह उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठले सोमबार बुढानीलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो ।

उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरीको दाबी छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको उद्योगबाट सात सय बट्टा तयारी मह तथा ४० बाल्टिन कच्चा पदार्थ बरामद गरिएको बुढानीलकण्ठ प्रहरी प्रभागका इन्स्पेक्टर दीपेन्द्र चन्दले जानकारी दिए । पक्राउ परेका सत्यालमाथि सामाजिक अपराध ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।