एसीसी प्रिमियर कप: नेपाल र युएईबीचको बाँकी खेल भोली हुने

एसीसी प्रिमियर कप: नेपाल र युएईबीचको बाँकी खेल भोली हुने

कहिरन समाचार

काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार भईरहेको नेपाल र युएईबीचको फाइनल खेल भोली हुने भएको छ । बर्षा बाधक बनेपछि बाँकी रहेको खेल भोली मंगलबार रिजर्भ डेमा हुने भएको हो ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो । मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

बर्ष सुरु हुनु अघि युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ओभरमा रन खर्चिएर विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

नेपाल युएईलाई हराएर पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।