वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

कहिरन समाचार

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरू अस्पतालमा रहेको बिरामीको कुरूवा रहेका छन् । घाइतेमध्ये ३ जना महिला र एक पुरुष रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको सीटीभीएस विभाग रहे तर्फको बरन्डाको पर्खाल भत्किएको हो । बरन्डाको पर्खाल भत्किएर कुरूवा तथा आगन्तुकहरुलाई ओत लाग्न र बस्न बनाइएको छाना माथि खसेको थियो ।

केही ईंटाका टुक्राहरुले छाना प्वाल परेर तल झरेपछि कुरूवाहरू घाइते भएका हुन् । उनका अनुसार सबै घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।