कपन हत्याप्रकरण: हत्यामा संलग्न आरोपी सार्वजनिक

कपन हत्याप्रकरण: हत्यामा संलग्न आरोपी सार्वजनिक

कहिरन समाचार

काठमाडौं । कपन सरस्वतीनगरमा भएको हत्याकाण्डमा संलग्न विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आरोपी बिकलाई सार्वजनिक गरिएको छ ।

एक साताअघि कपन सरस्वतीनगरमा भाँडा पसल चलाएर बस्ने नीरा पाण्डे आचार्यको हत्या भएको थियो । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्य छानविन टोली बनाएर अनुसन्धान थालेको थियो ।

प्रहरीले आरोपी विकलाई उनको घर झापा धुलाबरिबाट पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आफ्नो अपराध स्वीकार गरेका विकले योजना बनाएर नै लुटपाट गरी हत्या गरेको प्रहरीले बताएको छ ।