अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति माग गर्दै महावीरको माइतीघरमा धर्ना

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति माग गर्दै महावीरको माइतीघरमा धर्ना

कहिरन समाचार

काठमाडौं । सरकारले खोज अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन धर्नामा बसेका छन् ।

सरकारलाई ध्यानाकर्षण गराउनका लागि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नाम दिँदै शुक्रबारबाट माइतीघर मण्डलामा युवाहरूका साथ धर्ना बसेका हुन् ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट खोज अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याउन माग गर्दै आएका छन् । उनले खोज अनुसन्धान तथा नवप्रवर्तनका लागि ऐन कानुन बनाउनुपर्ने मागसमेत राखेका छन् ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।