अनुमति नलिई सञ्चालित बालगृहलाई कारबाही गर्ने चेतावनी

अनुमति नलिई सञ्चालित बालगृहलाई कारबाही गर्ने चेतावनी

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले बुधबार सूचना प्रकाशित गरी अनुमति नलिई सञ्चालन भएका बालगृहलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

परिषद्ले  अहिले सञ्चालनमा रहेका बालगृहलाई पनि अनुमतिका लागि निवेदन पेश गर्न सूचित गराएको छ । परिषद्ले यसका लागि आगामी जेठ ४ गतेसम्मको समय दिएको छ । आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन अनुमति दिने व्यवस्था रहेको छ ।

परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचना मार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो ।