वैदेशिक रोजगारीको प्रलोभन देखाइ ४८ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ ४८ लाख ठगी गर्ने पक्राउ

कहिरन समाचार

काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३२ वर्षीया हरिकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।