काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी

कहिरन समाचार

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएपछि फर्किएर आकस्मिक अवतरण गर्न लागेको बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरण श्रोतले सोमबार राति उडेको हवाईजहाजको एउटा इन्जिनमा समस्या आएको बताइएको छ । श्रोतका अनुसार हवाईजहाजमा झिल्का देखिएको र असामान्य आवाजसमेत आएको थियो ।

जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको बताइएको छ ।