निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु

निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु

कहिरन समाचार

जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लुस्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ । अन्य चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले बताए ।

मृतकको सनाखत खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।