१५ निर्माण कम्पनी कालो सूचीमा

१५ निर्माण कम्पनी कालो सूचीमा

कहिरन समाचार

काठमाडौँ । सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस।ए।एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।

यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ ।

अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् ।