मिटरब्याज पीडितद्वारा गृहमन्त्रीको राजीनामा माग

मिटरब्याज पीडितद्वारा गृहमन्त्रीको राजीनामा माग

कहिरन समाचार

काठमाडौं । मिटरब्याजी पीडितहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । मंगलबार शान्ति वाटिकामा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरकारसँग वार्ता नमिलेपछि पुन: आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि सोमबार प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको थियो । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नवलपरासीलगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन नसकेपछि मिटरब्याजी पीडितहरूले वार्ता भंग भएको जनाउँदै पुन: आन्दोलन गरिरहेका छन् ।