मिदास ई क्लास र क्रिमसन एकेडेमीबीच ‘ई–क्लास द लर्निङ’ एप शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता

मिदास ई क्लास र क्रिमसन एकेडेमीबीच ‘ई–क्लास द लर्निङ’ एप शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता

कहिरन समाचार

काठमाडौँ । स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लास र उदयपुरको गाइघाटस्थित त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको छ ।

बिद्यालयसंगको संझौता पछि मिदास ई क्लासका प्रमुख बजार व्यवस्थापक अजय कुमार लामाले डिजिटल प्लेटफर्मले विद्यार्थीलाई नर्सरी देखि कक्षा १२ सम्मको हरेक किसिमका शैक्षिक आवश्यकता पुरा गर्न मद्दत गर्ने बताए ।

मिदाससंगको संझौता पछि क्रिमसन एकेडेमीका संस्थापक प्रबन्ध निर्देशक सुमन कुमार चौधरीले ई-क्लासमा आफ्नो स्कूलमा पढाई हुने किताबका हरेक पाठमा आधारित रहेको हुनाले एनिमेटेड भिडिओ हेर्दे, रमाउदै बुझेर पढ्न पाइने र जसले गर्दा स्कुले बालबालिकाहरुले आफुलाई गार्हो लाग्ने पाठ अब सजिलैसँग रमाउदै र खेल्दै सहजै सिक्न सक्ने बताए ।

अहिलेका बालबालिकाहरुलाई डिजिटल बाहिर लगेर होइन, आफुसंग भएका डिजिटल डिभाईसलाई एजुकेशन डिभाईसमा बदल्नका लागि समेत यस्तो किसिमको शैक्षिक प्रविधिको ज्ञान दिने प्लेटफर्मको आवश्यक रहेको समेत उनको भनाई छ ।