काठमाडौंमा जम्मा भएका मिटरब्याजी पीडितहरुको प्रदर्शन

काठमाडौंमा जम्मा भएका मिटरब्याजी पीडितहरुको प्रदर्शन

कहिरन समाचार

आठ जिल्लाबाट काठमाडौंमा जम्मा भएका मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले त्रिपुरेश्वर, माइततीघर हुँदै भद्रकालीसम्म मिटरब्याजीका विरुद्ध प्रदर्शन गरेका हुन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको आयोजनामा भएको प्रदर्शनमा उनीहरुले किसानको भूमि फिर्ता गर, फर्जी तमसुक खारेज गर, सुदखोरहरुको सम्पति खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेका थिए ।