न्यायको माग गर्दै स्थानीयद्वारा राप्ती राजमार्ग बन्द

न्यायको माग गर्दै स्थानीयद्वारा राप्ती राजमार्ग बन्द

कहिरन समाचार

सल्यान । गत बिहीबार दुर्घटनामा स्थानीयको मृत्यु भएको घटनामा प्रहरीले मुचुल्का परिवर्तन गरेको भन्दै पीडितले राप्ती राजमार्ग बन्द गराएका छन् ।

न्याय माग गर्दा प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै मृतकका आफन्तलगायत स्थानीयवासीले शनिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गराएका हुन् ।

गत बिहीबार सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका १९ वर्षीय अजय वलीको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा मृतयु भएको थियो ।

बसका चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै पनि घटना हुन नदिन प्रहरी टाली पठाएको जनाएको छ ।