मिटरब्याज पीडितले घेरे मुख्यमन्त्रीको कार्यालय

मिटरब्याज पीडितले घेरे मुख्यमन्त्रीको कार्यालय

कहिरन समाचार

जनकपुर। मिटरब्याज पीडितले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । बिहीबार मिटरब्याज पीडित संर्घष समितिको अगुवाइमा मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको हो ।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट पीडितहरू जनकपुर पुगेर प्रदर्शन पनि गरेका छन् । सरकारले मिटरब्याजको कारणले डुबेका गरिबको समस्या सम्बोधन गर्न वास्ता नगरेको भन्दै पीडितले प्रदर्शन गरेका हुन् ।

मिटरब्याज संर्घष समिति मधेश प्रदेशका संयोजक शारदा मिश्रले सरकारले आफूहरूसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयन नगरेपछि सडकमा उत्रिनु परेको बताए ।

पटकपटक सहमति गरे पनि सरकारले कार्यान्वयन नगरेको मिश्रले बताए । अब माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाइ छ।