काठमाण्डौमा हल्का वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहितको वर्षा

काठमाण्डौमा हल्का वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहितको वर्षा

कहिरन समाचार

काठमाडौँ । हाल काठमाडौं उपत्यकासहित आसपासको मौसम बदली भइ हल्का बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण काठमाडौंसहित देशका पहाडी भेगको मौसम आज बदली रही केही भेगमा पानी पर्नेछ ।

पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पौडेलले जानकारी दिए । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने देखएिको छ ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।