सभामुख देवराज घिमिरे बहराइन जाने

सभामुख देवराज घिमिरे बहराइन जाने

कहिरन समाचार

काठमाडौँ । सभामुख देवराज घिमिरेले बहराइन जाने भएका छन् । यही फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन उनी बहराइन जान लागेका हुन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन् ।

नेपाल उक्त सङ्घको सदस्य राष्ट्र हो ।