आज फागु पर्व, एकआपसमा रङ दलेर मनाइँदै

आज फागु पर्व, एकआपसमा रङ दलेर मनाइँदै

कहिरन समाचार

काठमाडौं । आज फागु अर्थात होली  पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो ।

सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन् । यस्तै म‌ंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ । मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ ।

​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई सद्भावका साथ रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।

फागु पर्वलाई होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको जनविश्वास छ ।

फाल्गुण शुक्ल अष्टमीको दिन चीर ९विशेषरूपले सजाएको लिंग० गाडेपछि होली शुरु हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ ।

फागु पर्व अवसरमा सोमबार पहाडी क्षेत्र र मंगलबार तराई–मधेशमा सार्वजनिक बिदा दिएको छ ।