कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक

कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक

कहिरन समाचार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ ।