डिल्लीबजारको कलेजमा तोडफोड

डिल्लीबजारको कलेजमा तोडफोड

कहिरन समाचार

काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । आज बिहान ६ बजे सो कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।

मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् ।

बन्दको दिन तोडफोड भएकोले बन्दकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।