आज प्रतिनिधिसभाको बैठक नबस्ने

आज प्रतिनिधिसभाको बैठक नबस्ने

कहिरन समाचार

आइतबार ११ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरकिो निधनका कारण  बैठक स्थगित भएको हो ।

‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन ।’ उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जली सभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।

बैठक सोमबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।