पूर्व डीआईजी वसन्त बानियाँको निधन

पूर्व डीआईजी वसन्त बानियाँको निधन

कहिरन समाचार

सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको  निधन भएको हो ।

संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनको मुटुको समस्या थियो ।