अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च

अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च

कहिरन

सन् २०२३ मा अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च भएको राष्ट्रको अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनले जनाएको छ । एसोसिएसनद्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको हो ।

मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७० मानिस मारिएपछि यो १२ महिनाको अवधिमा अस्ट्रेलियामा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु भएको जनाइएको छ । अस्ट्रेलियाका दुई ठुला राज्यहरू न्यू साउथ वेल्स र भिक्टोरियामा क्रमशः २३.७ र १४.५ प्रतिशतले वृद्धि भएको छ । जबकि अन्य प्रत्येक राज्य र क्षेत्रमा सडक मृत्युमा कमी आएको छ ।