युरोपले रुसी तेलको बिकल्पमा साउदी अरेबियालाई चुन्ने

युरोपले रुसी तेलको बिकल्पमा साउदी अरेबियालाई चुन्ने

कहिरन समाचार

साउन १२, एजेन्सी । रुसले तेल आयतामा क्रमश कटौती गर्न थालेपछि युरोपले बिकल्पका रुपमा साउदी अरेबियालाई चुनेको छ । युक्रेनमा रुसको आक्रमणपछि जाडोमा उर्जा अभावमा पश्चिमी चासो बढ्दै जाँदा फ्रान्सेली राष्ट्रपतिले साउदीलाई तेल उत्पादन बढाउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदी राजकुमार मोहम्मदले पहिलो पटक युरोप भ्रमणमा निस्किएका छन् । विश्वको दोस्रो ठूलो तेल उत्पादक देशका वास्तविक शासक राजकुमार मोहम्मद गए राति ग्रीसमा पुग्दा रातो कार्पेटमा स्वागत गरिएको छ ।

राजकुमारको सम्मानमा आज एलिसी प्यालेसमा रात्रिभोजको आयोजना गरिएको समाचार संस्था गार्जियनले जनाएको छ । तर साउदी राजकुमारलाई गरिएको स्वागतको बिषयमा मानवअधिकार अभियानकर्ताहरूले आलोचना गरेका छन् ।