भारतीय नौसेनाले सोमबार कलवारी श्रेणीको आफ्नो पाँचौँ पनडुब्बी ‘वागिर’ लाई औपचारिक रुपमा जलसेनामा समावेश गर्दैछ ।
यो पनडुब्बीलाई भारतीय नौसेनाको प्रोजेक्ट–७५ अन्तर्गत मुम्बईको मझगाउँ डक शिपबिल्डर्स लिमिटेड (एमडीएल) मा बनाइएको हो । अघिल्लो २० डिसेम्बरमा यसलाई भारतीय जलसेनालाई सुम्पिइएको थियो ।
यसअघि कलवारी क्लासका चार पनडुब्बीलाई भारतीय नौसेनामा कमिशन गरिसकिएको छ ।
कस्ता छन् विशेषता ?
– विभिन्न खालका युद्ध अभियानमा महत्वपूर्ण भूमिका निभाउन सक्षम
– एन्टी सर्फेस, एन्टी सबमरिन, गुप्तचर र निगरानी अभियान र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउन सक्षम
– भारतीय नौसेनाले यसलाई ‘स्यान्ड शार्क’ अर्थात् दुश्मनको नजरबनट लुकेर हमला गर्न माहिर बताएको छ ।
सामरिक क्षमताको उदाहरण
दुश्मनको नजरबाट बच्नका लागि आधुनिक विशेषताद्वारा सुसज्जित वागिरलाई ‘स्टेट अफ आर्ट’ पनडुब्बी भनिँदैछ र यसलाई भारतीय सामरिक क्षमताको उदाहरण पनि बताइँदैछ ।
भारतीय नौसेनाका अनुसार भारतीय जलसेनाले सबैभन्दा पहिला १ नोभेम्बर सन् १९७३ मा ‘वागिर’ लाई कमिशन गरेका थिए । यो पनडुब्बीले विभिन्न अभियान पूरा गर्यो । तीन दशकसम्म सेवामा रहेपछि यसलाई जनवरी २००१ मा डी–कमिशन गरियो ।
त्यसपछि एक नयाँ परियोजनाअन्तर्गत नोभेम्बर २०२० मा यसलाई एक नयाँ र आधुनिक अवतारमा पुनः नौसेना फ्लिटमा समावेश गर्न आदेश दिइयो ।
भारतीय नौसेनाका अनुसार यो भारतमा सबैभन्दा कम समयमा तयार हुने पहिलो पनडुब्बी हो ।
प्रतिक्रिया