चीनमा क्वारेनटाइन नियम अन्त्य

चीनमा क्वारेनटाइन नियम अन्त्य

कहिरन समाचार

चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो ।

बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठुलो सङ्ख्यामा मानिसहरू कोभिड सङ्क्रमित बनेका छन् ।

प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ ।