भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटना

भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटना

कहिरन समाचार

भारतको उत्तराखण्डको रुर्कीमा शुक्रबार भएको कार दुर्घटनामा परी क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर ऋषभ पन्तको कार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किएको हो । दुर्घटनापछि कारमा आगलागीसमेत भएको छ ।

उक्त दुर्घटनामा ऋषभ पन्त गम्भिर घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार यो घटना रुडकी सीमा नजिक भएको हो ।

दुर्घटनाको जानकारी दिँदै स्थानीय प्रहरी अधिकारी स्वप्ना किशोरले भने, ‘ऋषभ पन्तको कार हरिद्वार जिल्लाको मंगलोर र नरसनको बीचमा दुर्घटनामा परेको थियो । रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।’