पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० मारिए

पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० मारिए

कहिरन समाचार

इजरायलले शुक्रबार गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् ।

आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैंकका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो। आक्रमणमा मारिएका तैसिर जबरी अल–अतापछि कमाण्डर बनेका थियो। आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा गाजाबाट इजरायलतर्फ २ घण्टामा ७० रकेट प्रहार गरेको बताएको छ ।