चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन

चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन

कहिरन समाचार

विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन ।

मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ  को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।

चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरेका छन् ।

भारतका स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भनेका छन्, ‘कोविड अझै समाप्त भएको छैन । हामीले सबै अधिकारीहरूलाई सतर्क रहन र निगरानीलाई बलियो बनाउन आग्रह गरेका छौँ ।’

यससँगै स्वास्थ्य मन्त्रालयको बैठकपछि विमानस्थलमा चीनलगायत विदेशबाट आएका यात्रुको आकस्मिक परीक्षण सुरु गरिएको थियो ।

चीनमा भइरहेको डरलाग्दो संक्रमणका कारण फेरि एकपटक विश्वभर कोरोना संक्रमणको त्रास फैलिएको छ । कोभिड–१९ को अहिलेसम्मकै ठूलो लहर चीनमा आएको छ ।

चीनमा के भइरहेको छ ?

चिनियाँ स्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् । र एक रिपोर्टले आगामी केही महिनामा चीनमा मृत्यु हुनेको संख्या ५ लाख नाघ्न सक्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाको नयाँ लहरका कारण त्यहाँका अस्पतालहरू भरिभराउ भएको बताएको छ । तर स्थितिलाई सही ढंगले बुझ्ने गरी चीनले सही जानकारी दिएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनका डा. टेड्रोस एडेनोम गेब्रेयससले बृहत् मूल्याङ्कनका लागि मानिसमा सङ्क्रमण कति गम्भीर छ, अस्पताल भर्ना र आइसीयूमा कति व्यक्ति छन् भन्ने कुरा ठ्याक्कै जान्न आवश्यक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका आकस्मिक प्रमुख माइकल रायनले चिनियाँ अधिकारीले प्रभावित व्यक्तिको संख्या ‘अपेक्षाकृत कम’ भएपनि यहाँका आइसियूमा बिरामी भरिँदै गएको जानकारी दिएका छन् ।

यस महिनाको सुरुमा, चीनले आफ्नो कडा शून्य कोविड नीति खुकुलो पार्यो र त्यसपछि त्यहाँ कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।

चीनको आधिकारिक तथ्याङ्कका अनुसार बिहीबार देशमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन । मंगलबार तीन र सोमबार पाँच जनाको मृत्यु भएको थियो ।

तर विश्वभरका महामारीविद् र विज्ञहरूले त्यहाँबाट महामारीको बारेमा आएको तथ्याङ्कमा शंका व्यक्त गरिरहेका छन् ।

यी तथ्याङ्कहरू यसकारण धेरै कम छन् किनभने चीन कोभिडबाट हुने मृत्युलाई त्यसलाई मात्रै मान्छ जसलाई निमोनिया वा श्वासप्रश्वाससम्बन्धि रोग लागेको छ ।

यो तरिका विश्व स्वास्थ्य संगठनको कोरोनाबाट मृत्यु मापन गर्ने तरिकाभन्दा फरक छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना संक्रमणबाट प्रत्यक्ष रूपमा नभई अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुनसक्ने मृत्युलाई पनि समावेश गर्ने गर्छ ।

यसैबीच, चीनमा यस सम्बन्धमा कडा नियमहरू छन्, चीनले तिनीहरूलाई मात्रै कोरोनाका कारण हुने मृत्यु मानिरहेको छ जसमा मृत्यु हुनेको फोक्सो संक्रमणले प्रभावित भएको छ । यो पुष्टि स्क्यानमार्फत् गरिँदै छ ।

यसबारे डा. रायन भन्छन्, ‘चीनमा कोरोनासँग सम्बन्धित जुन आँकडा पेश गरिँदै छन् त्यो अपेक्षाकृत निकै कम छन् । जुन जानकारी हामीले पाइरहेका छौँ त्यसअनुसार त्यहाँ आइसीयू भरिँदै गएका छन् ।’

‘हामीले यो धेरै पटक भनेका छौं कि यो एक धेरै संक्रामक भाइरस हो जुन कडा लकडाउन र सामाजिक दूरी उपायहरूले मात्र हट्दैन । यसलाई जित्ने एक मात्र रणनीति  भनेको खोप हो ।’

चीनले आफ्नै खोप बनाएको छ जुन उसले आफ्नो देशमा प्रयोग गरिरहेको छ, यो खोप विश्वका अधिकांश भागहरूमा प्रयोग हुने  mच्ल्ब्  खोप भन्दा कम प्रभावकारी छ ।

तर, बुधबार जर्मनीले बायोइन्टेक भ्याक्सिन चीनलाई पठाएको छ । हाल २० हजार भ्याक्सिन पठाइसकेका छन् ।

शवदाहगृह बाहिर शवको लामो लाइन

चीनको आधिकारिक तथ्याङ्कले बिहीबार कोरोनाबाट एकजनाको पनि मृत्यु नभएको बताए पनि अमेरिकी समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टले बेइजिङमा कोरोनाबाट मृत्यु हुनेको लागि बनाइएको शवदाहस्थल अगाडि शव वाहनको लामो लाइन लागेको जानकारी दिएको छ ।

रोयटर्सका एक संवाददाताले बेइजिङको टोङझाउ शवदाह गृह अगाडि शव बोक्ने ४० सवारी साधनको लामो लाइन देखे । यस शवदाह गृहको प्रवेशद्वारमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

श्मशानस्थलमा काम गर्ने एक कर्मचारीले एजेन्सीलाई दिएको जानकारी अनुसार बेइजिङका केही व्यक्तिहरूले शवदाहगृहमा आफ्नो पालो पाउनका लागि धेरै दिन कुर्नुपरेको छ, जबकि कोहीले मोटो रकम तिरेर श्मशानमा छिट्टै ठाउँ लिइरहेका छन् ।

शवदाहगृहका एक कर्मचारीले त्यहाँको सोसल मिडिया प्लेटफर्ममा पोस्ट साझा गर्दै लेखे, ‘यदि तपाईं लामो लाइनमा नबसिकन आरामले शवदाहगृहमा स्थान चाहनुहुन्छ भने २६००० युआन (लगभग ३७०० डलर) तिर्नुहोस् ।’ यद्यपि, यो पोस्ट र अफरको प्रमाणिकताबारे पुष्टि हुन सकेको छैन ।