उत्तरी इराकमा आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु

उत्तरी इराकमा आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु

कहिरन समाचार

उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ। राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक सहर नजिकै आइतबार उक्त आक्रमण भएको हो ।

चालाल अल–मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् । अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दाद नजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो ।