भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले

भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले

कहिरन समाचार

भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले सोमबार आफ्नो जिम्मेवारी सम्हालेका छन् । अरुण गोयल पञ्जाब क्याडरका १९८५ ब्याचका आईएएस अधिकारी हुन् । उनले गत शुक्रबार मात्रै उद्योग मन्त्रालयको सचिव पदबाट वीआरएस लिएका हुन् ।

त्यसपछि कानुन तथा न्याय मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै उनको नयाँ नियुक्तिको जानकारी दिएको हो । पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र यसै वर्ष मे मा अवकाश पाएपछि राजीवकुमार र अनुपचन्द्र पाण्डेले निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

फेब्रुअरी २०२५ मा राजीव कुमारको सेवानिवृत्ति पछि, उनी भारतको मुख्य निर्वाचन आयुक्त बन्न सक्छन् ।